बुढीगंगा गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

बुढीगंगा पालिका अस्पताल

बाँसबारी -3 मोरंग कोशी प्रदेश

SMS
Ehmis
# विषय परीक्षा सञ्चालन सम्बन्धी सूचना । # बिषय: आ.ब.:२०८३/०८४ सालको लागि आन्तरिक श्रोतबाट खरिद गरिने आवश्यक सामग्रीहरुको लागत अनुमान प्रयोजनार्थ दररेट माग सम्बन्धमा । (सूचना प्रकाशन मिति: २०८३/०३/२६ गते) # बिषय: छात्रवृत्ति करार दन्त चिकित्सक (BDS / MDS) सम्बन्धमा । # बिषय:- आ.ब.२०८२/०८३ को लागि बाह्य लेखा परीक्षक नियुक्तिका लागि आशयपत्र पेश गर्ने सम्बन्धि सूचना ।

CHAIRPERSON – MESSAGE

मोरङ जिल्लाको दक्षिण पश्चिम भागमा रहेको यस बुढीगंगा गाउँपालिकामा बसोबास गर्नुहुने सम्पूर्ण आमा बुवा, दाजु भाई तथा दिदी बहिनी साथै स्वदेश तथा विदेशबाट यो वेब साइड भिजिट गर्नु हुने सम्पूर्ण स्वदेशी तथा विदेशी शुभ चिन्तक महानुभावहरुमा यस गाउँपालिकाको तर्फबाट हार्दिक नमन गर्दछु।

“मेरो स्वास्थ्य मेरो सुरक्षा, गुणस्तरीय स्वास्थ्य सेवा , हाम्रो प्रतिवद्धता’’ नाराका साथ सम्पूर्ण वर्गमा सेवा पुगाउने तेवाका साथ मिति २०७६ सालमा संचालित यस बुढीगंगापालिका अस्पताल  बुढीगंगा गाउँपालिकमा रहेका स्वास्थ्य संस्थाहरु मध्य एक स्वास्थ्य संस्था हो जसले सुनसरी, मोरङ, ग्रम्थान, सुन्दर हरैंचा लगायतका सेवाग्राहीहरुलाई सेवा दिँदै आइरहेको छ । यस अस्पतालले यस क्षेत्रका बासिन्दाहरुमा आफ्नो श्रोत र साधनले भ्याएसम्मका सेवा सुबिधा दिईरहेको छ । यस अस्पताल द्वारा नियमित सेवा सुबिधा भन्दा बाहेक हरेक दिन (सार्बजनिक बिदाको दिनमा समेत) “बिहान ८ बजे देखि बेलुका ८ बजे सम्म निःशुल्क ओ.पी. डी. सेवा”, २४ सै घण्टा ईमर्जेन्सी, २४ सै घण्टा फार्मेसी, २४ सै घण्टा ल्याब लगाएतका सेवा संचालन गरिरहेको छ, जसले गर्दा स्वास्थ्य क्षेत्रमा बुढगंगा गाउँपालिकाले यसलाई नमुना र गौरबको रुपमा  लिएका छौ । यसका लागि बिशेष: यस अस्पतालका संचालक समिति, नि. ब्यबस्थापन एबम सल्लाहकार समिति, सम्पूर्ण चिकित्सक कर्मचारी बर्ग, महिलास्वमसेविका, स्वास्थ्य बिमा दर्ता सहयोगी, स्थानीय, समाजसेबी, बुद्धिजिबी, पत्रकार महानुभाव सबैमा हार्दिक आभार प्रकट गर्न चहान्छु । यस अस्पताललाई आवश्यक पर्ने सबै किसिमका सहयोगका लागि बुढीगंगा गाउँपालिका सदैब तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै यस अस्पतालको सदैब उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

श्री जीत नारायण थापा मगर

गाउँपालिका अध्यक्ष एवम् पसंचालक समिति अध्यक्ष

बुढीगंगा पालिका अस्पताल